WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Monday, April 29, 2013

१ मिनेटमा के के हुन्छ ईन्टरनेटमा..

१ मिनेटमा के के हुन्छ ईन्टरनेटमा..





laptop L

 तपाईलाई कुनै चिजको वा कुनै ठाँउको जानकारी लिनु प-यो भने के गर्न हुन्छ? यदि ईन्टरनेटसँग दोस्ती छ भने पक्कै नि कुनै सर्च ईन्जिभित्र छिर्नु हुन्छ । आजकल जे कुराको जानकारी लिनु परे पनि ईन्टरनेट नै गरिन्छ । ईन्टरनेट आजको दिनमा संसारभरका मानिसको दैनिक जीवनको एक हिस्सा नै बन्न पुगेको छ । केहि खोज्नु परे ईन्टरनेट, मनोरञ्जनका लागी ईन्टरनेट, टाढाका साथीभाईसँग कुरा गर्न परे ईन्टरनेट । हामी घण्टौ समय ईन्टरनेटमा नै बिताई दिन्छौ । तर त्यहि ईन्टरनेटमा १ मिनेटमा के के हुन्छ, सोच्नु भएको छ? कम्प्युटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनि ईन्टेलले हालै ईन्टरनेटमा १ मिनेटमा के के हुन्छ भन्नेबारे अध्ययन गरेको थियो । सो अध्ययन प्रतिबेदन अनुसार ईन्टरनेटमा १ मिनेटमा के के हुन्छ त? हेरौ न ! डाटा वा ईमेलः सबैको जीवनको एक अहम् हिस्सा बनेको ईन्टरनेटमा १ मिनेटमा ६,३९,८०० GB डाटा ट्रान्सफर हुन्छ । यस्तै ६० सेकेन्डमा २० करोड ४० लाख ईमेल एक अर्कामा आदान प्रदान हुने गर्दछ । फोटो–भिडियोः १ मिनेटमा ईन्टरनेट प्रयोगकर्ताले २ करोड फोटो हेर्छन । बिभिन्न साईटका प्रयोगकर्ताहरुले ३ हजार फोटो अपलोड गर्छन । १३ लाखले युट्युब भिडियो हेर्छन र १ मिनेटमा ३० घण्टाको भिडियो हुने गर्छ । मोबाईलबाट ईन्टरनेटः स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाईल अप्लिकेशन डाउनलोड हुने गर्छ र १ मिनेटमा नै १३ सय नयाँ मोबाईल प्रयोगकर्ता ईन्टरनेटमा जोडिन्छन । सोशल नेटवर्कः ईन्टेलले गरेको अध्ययन अनुसार १ मिनेटमा ३ सय २० जनाले नयाँ ट्विटर अकाउन्ट खोल्छन र १ मिनेटमा नै १ लाख ट्विट्स हुने गर्दछ । त्यस्तै २ लाख ७७ हजारले आफ्नो फेसबुक अकान्ट लग ईन गर्ने गर्छन भने १ मिनेटमा ६० लाख पोस्ट हर्ने गरिन्छ । सर्च एन्ड ईन्फोः ईन्टेलको अध्ययन अनुसार १ मिनेटमा संसारभरबाट १ मिनेटमा ईन्टरननेट मार्फत २० लाख भन्दा बढि जानकारी गुगलमा सर्च गर्ने गरिन्छ । यस्तै ६ ओटा नयाँ आर्टिकल विकिपेडियामा अपलोड हुने गर्दछ । ईन्टरनेट क्राईमः ईन्टरनेट संसारको १ मिनेटमा ८० ईन्टरनेट प्रयोगकर्ता साईबर क्राईमको शिकार हुने गर्छन र २० नयाँ प्रयोगकर्ताको ब्यक्तिगत जानकारी बिवरण चोरि हुने गर्छ ।

No comments:

Post a Comment