वाइफाइ छैन ? नो टेन्सन । ल्यापटपबाट वाइफाइ छोड्नुहोस्
ल्यापटपमा
इन्टरनेट छ तर मोबाइलमा वाइफाइ नभएर जिपिआरएस चलाइरहनु भएको छ ? अथवा
राउटर नभएर वाइफाइको मज्जा त लिन नपाउँनु भएको छ कि ? त्यसो हो भने पिर
नगर्नुस्, आज म आफ्नो ल्यापटपदेखि कसरी वाइफाइ छोड्न सकिन्छ भनेर कुरा
गर्दैछु । तपाईले आफ्नो ल्यापटपमा एउटा सफ्टवेयर इन्स्टल गरेर सजिलै
ल्यापटपबाट छोडिएको वाइफाइ अरु साधनमा प्रयोग गर्न सक्नु हुन्छ । बेकारमा
राउटरका लागि किन पैसा तिरिरहने ? म आफैले पनि राउटरको प्रयोग नगरि वाइफाइ
प्रयोग गरिरहेको छु । इन्टरनेट चलाउँन मात्र हैन, अरु डिभाइसलाई आफ्नो
ल्यापटपसँग जोड्न पनि तपाईले यो वाइफाइको प्रयोग गर्न सक्नु हुनेछ ।
कनेक्टिफाइ (connectify) सफ्टवेयरको प्रयोग गरेर ल्यापटपदेखि वाइफाइ छोड्न सकिन्छ । यसका लागि सबै भन्दा पहिले यहाँ क्लिक गरेर कनेक्टिफाइ डाउनलोड गर्नुहोस् ।
कनेक्टिफाइ
डाउनलोड गरेर इन्स्टल भएपछि कम्प्युटर रिस्टार्ट गर्नुहोस् । कम्प्युटरको
दाँया भागको सबैभन्दा तल यस्तो बक्स खुल्नेछ । यदि यस्तो बक्स नदेखिए
स्टार्ट मेनुमा क्लिक गरेर कनेक्टिफाइ ओपन गर्नुहोस् ।
माथि
देखिए जस्तै बक्समा आफुले चाहेको नाम र पासवर्ड भरेपछि start hotspot मा
क्लिक गर्नुहोस् । वाइफाइ सुरु हुन्छ । वाइफाइ जोड्नु पर्ने डिभाइसमा
राखिएको नाम खोजेर त्यसमा पासवर्ड राखेर वाइफाइ प्रयोग गर्न सक्नु हुन्छ ।
तपाईले ल्यापटपबाट छोडेको वाइफाइबाट इन्टरनेट चलाउँन ल्यापटपमा भने कुनै
प्रकारले पनि इन्टरनेटको स्रोत हुनुपर्छ । नत्र तपाईको ल्यापटपबाट छोडिएको
वाइफाइबाट लोकल वाइफाइ कनेक्सनमात्र हुन सक्छ । इन्टरनेट नभएपनि यसबाट
तपाईले कुनै डिभाइसलाई आफ्नो ल्यापटपसँग कनेक्ट भने गर्न सक्नुहुनेछ ।
यस्तै वाइफाइलाई प्रयोग गरेर तपाईले यसरी मोबाइललाई वायरलेस माउस र किबोर्ड बनाउँन सक्नुहुन्छ ।
यो कनेक्टिफाइको ट्रायल भर्सन हो । तपाईले ट्रायल भर्सन चलाउँदा कतिपय
सुविधाहरु हुदैनन् । तर पनि व्यक्तिगत प्रयोजनका लागि उपयुक्त नै हुन्छ ।
No comments:
Post a Comment