WELL COME

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए
Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile Click to get cool Animations for your MySpace profile

+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++

WElCOME TO THE LUCKY BASNET'S BLOG)हजुरहरुलाइ LUCKY बस्नेतको ब्लगमा स्वागत छ)कुनै सल्लाह सुझाब तथा कमी कमजोरी बताइदिनु भए धेरै आभारी हुने थिए

Thursday, June 13, 2013

स्काईप चलाउनुहुन्छ ?, "यस्ता रहस्य थाहा पाईराख्नुस्"


- Skype कसको पो कम्प्युटरमा नहोला र ? अन्तराष्ट्रिय कलमा गरिने खर्च स्काईपले बचत गरिरहेको छ । ईन्टरनेटको विस्तार र पहुचँकै कारण देश भित्रै पनी स्काईप कल वढ्दो छ । स्काईपवाट गरिने कलले फोनको पैसा त बचत गर्छ नै Text Message पठाउने पैसा पनी जोगिन्छ । 
"आमने-सामने" भएरै कुराकानी गर्न पाईने भएकैले स्काईपको उपयोग महत्वपुर्ण छ । पिसीमा मात्रै नभएर स्मार्ट मोवाईलवाट पनी प्रयोग गर्न सकिने स्काईपमा धेरै फिचरहरु छन् जुन अहिल्यसम्म तपाईले प्रयोग नगर्नुभएको पनी हुनसक्छ । हेर्नुहोस्, महत्वपुर्ण फिरचहरु :



१. Emoticon : स्काईप च्याट गर्दै गर्दा च्याट अनुसारको चलायमान काटुन चित्रहरु पठाउदै कुराकानी गर्न सक्नुहुन्छ । यसले च्याटको सान वढाउछ भने आफ्नो भावना वाड्न मद्धत गर्दछ ।


 २.Font :  याहु म्यासेन्जरमा फन्ट चेन्ज गर्न सजिलो हुन्थ्यो । च्याट वक्स नजिकै अप्सन दिईएको हुन्थ्यो तर स्काईपमा भने फन्ट चेन्ज गर्न केहि मेहनत गर्नुपर्छ । आफुले लेख्दै आएको च्याटको फन्ट परिवर्तन गर्दै च्याट गर्नुको मज्जै भिन्नै छ ।
फन्ट चेन्ज गर्नको लागी मेनुवारको Tools मा जानुस् , Option मा क्लिक गर्नुभयो भने क्यापिटलमा IM & SMS देख्नुहुन्छ । त्यहाँ क्लिक गर्नुभयो भने मात्रै पनी IM appearance मा क्लिक गरिहाल्नुस् । अव भने Change Font  देख्नुहुन्छ । र आफुलाई मन परेको फन्ट छनोट गरेर च्याट सुरु गर्न सक्नुहुन्छ ।

३. Quick Edit Message : फेसवुक, गुगल प्लस तथा याहु म्यासेन्जरमा च्याज गर्दै गर्दा एक पटक Message  पठाईसकेपछि ईडिट गर्न सकिदैन तर स्काईमा भने ईन्टर भईसकेको Message लाई पनी Quick Edit गर्न सकिन्छ । एउटा कुरा भन्नुपर्ने थियो भयो अर्कै , तुरुन्तै म्यासेज सच्याई हाल्नुपर्ने भयो भने Quick Edit  गर्न सक्नुहुन्छ । छैन त काईदा ? Message edit गर्नको लागी पठाईएको Message मा राईट क्लिक गर्नुस र Edit Message मा गएर Text सच्याई हाल्नुस् ।  

४. Clear History : सम्पुर्ण म्यासेजहरु डिलिट गर्नुपरो भने कसरी गर्ने  ? फेसवुकमा जस्तो सजिलो पनी छैन । तर चिन्ता नलिनुस् । सम्पुर्ण म्यासेज डिलिट गर्नको लागी Tools मा जानुस् । Option मा क्लिक गर्नुस् र Privacy  हुदै Privacy Setting मा क्लिक गरिसकेपछि  दाहिने दिर्शातर्फ Clear History देख्नुहुन्छ । त्यहाँ Click गर्नुभयो भने मात्रै पनी तपाई Clear History गर्न सफल हुनुभयो ।


 ५. Share Screens : भिडियो च्याटको साथसाथै स्काईपको अर्को विशेष महत्व भनेको Share Screens पनी हो । स्काईपको Share Screens ले TeamViewer को काम समेत गर्ने हुदा यो अति नै उपयोगी छ । स्त्रिन सेयर भन्नाले जस्तो कि तपाईले च्याट गर्दै गरेको व्यक्तिलाई आफ्नो Desktop Share गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ र उसको Desktop पनी हेर्न सक्नुहुन्छ । 
विशेषत : कम्प्युटरमा रहेर नयाँ जानकारी लिन एवं जानकारी वाड्नको लागी Share Screens महत्वपुर्ण छ  । Share Screens गर्नको लागी Call मेनुवार हुदै  Share Screens मा क्लिक गर्नुस र "Share Screens  Call गर्ने हो ? भन्ने अप्सन देखाउनासाथ क्लिक गरिहाल्नुस् । तपाई Share Screens गर्न सफल हुनुभयो ।

No comments:

Post a Comment